प्रधानमन्त्रीले बिदेशीलाई भने: नेपालीहरु दयालु छन्, नेपाल घुम्न आउनुहोस्

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउनुभएकाे छ ।

नेपाल घुम्नैपर्ने देश रहेछ’, नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा रसुवागढी नाकामा भेटिनुभएकी लुओङले भन्नुभयो, ‘खासमा हामी काठमाडौँ र सगरमाथा क्षेत्र घुम्न आएका थियौँ, यहाँ आएपछि लाङटाङ क्षेत्रबारे थाहा पायौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफाेनमा कुराकानी भएको छ ।

बिहान टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–८ मा रहेकाे चेनेरीताल जङ्गलमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।

विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएकाे छ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले दोस्रो जित दर्ता गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा विभागीय क्लब नेपाल पुलिसले गत संस्करणको उप विजेता भएको संकटा क्लब लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले आफ्ना फरवार्ड लुइस स्वारेजको स्थानमा नयाँ खेलाडी ल्याउने तयारी गरिरहेको बताइएको छ । तर स्वारेज भने केही वर्ष बार्सिलोनामै बिताउने सोचमा रहेका छन् ।

स्वारेज २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्धित भएका थिए । उनले बार्सिलोनामा आएर उत्कृष्ट प्रदर्शन गर्न उफल भएका छन् भने बार्सिलोनाको साथमा धेरै उपाधिहरु जित्न पनि सफल रहेका छन् ।

बार्सिलोनाका लागि स्वारेजले १९० गोल गरेका छन् भने ला लिगा, कोपा डेल रे तथा च्याम्पियन्स लिग पनि जितिसकेका छन् ।

उज्यालो अनलाइन र अन्य पत्रपत्रिका बाट