प्रधानमन्त्रीको क्षेत्रमा राष्ट्रिय पोसाक दिवस र भ्रमण वर्षमा परेवा उडाइयो

प्रधानमन्त्री के पी ओलीको निर्वाचन क्षेत्र झापाको गौरादहमा भ्रमण वर्ष २०२० तथा राष्ट्रिय पोसाक दिवस २०७६ एकै साथ मनाइएको छ ।

गौरादहका विभिन्न सामाजिक संघसंस्थाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रम डिपु बाट प्रभावफेरी शुरु भइ बजार क्षेत्रमा गएर औपचारिक कार्यक्रम गर्दै सम्पन्न गरिएको हो ।  स्थानीय क्षेत्रका सामाजिक राजनीतिक तथा शैक्षिक क्षेत्रमा आवद्ध भएका गौरादहबासीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेकोे कार्यक्रममा नेपाल भ्रमण वर्षलाई समेत विशेष चर्चा गराइएको थियो ।

बिज्ञापन

पन्चायतकालको अन्त्री भए संगै रास्ट्रीय पोसाकको महत्त्व हटेको महसुस भइरहेको बेला राष्ट्रिय पोसाक दिवसले विशेष मान्यता पाउन थालेको छ ।

 टोपी दिवस कहिले पर्छ भन्ने कुरा क्यालेन्डर निर्माणकर्तालाई खासै हेक्का भएको नपाइएता पनि अंग्रेजी नयाँ वर्षलाई टोपी दिवसका रूपमा मनाउन थालिएको पाइन्छ। विशेष गरि सामाजिक संजालको बढ्दो प्रयोग संगै ढाका टोपी दिवसको प्रादुर्भाव भएको देखिन्छ ।

पन्चायत कालमा कुनै पनि रास्ट्रीय पर्व होस् वा कुनै मिटिङ सेमिनार, दौरा सुरुवाल अनिवार्य जत्तिकै थियो । नेपालमा दौरा सुरुवाल लगाउने चलन कहिले बाट शुरु भयो भन्ने कुरा एक्किन नभएता पनि नेपाल रास्ट्र एकीकरण कर्ता पृथ्वी नारायण साहकै पाला देखि यसले औपचारिकता पाएको देखिन्छ । विशेषगरी पहाडी जनजीवनमा दौरासुरुवाल एकदमै सजिलो पोसाकको रूपमा प्रयोगमा आएको भएता पनि यसले रास्ट्रीय पोसाकको रूपमा मान्यता पाउनुको पछाडी राजसंस्थाकै हात रहेको भनें सत्य हो ।
चन्द्र सुर्य अंकित रातो रंगमा फहरिएको झण्डाले नेपाल देशलाई विश्व सामु सहजै परिचय दिलाए जस्तै ढाका टोपी र दौरासुरुवालले पनि नेपाल रास्ट्रको  परिचय दिएको पाइन्छ ।
रास्ट्रीय पोसाक दिवसमा विविध कार्यक्रम आयोजना
यश पटक अंग्रेजी नयाँ वर्षकै दिन रास्ट्रीय टोपी दिवस परेको छ । टोपी दिवस भन्नुको सट्टा यो वर्ष राष्ट्रिय पोसाक दिवस भनेर मनाएको छ । मुलुक भरी विशेष कार्यक्रम गरेर मनाइएको टोपी दिवसलाई केही स्थानमा भने पोसाक दिवसको रूपमा मनाइएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा आजै नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन हुने दिनलाई समेत आज गौरादहबासीले राम्रै स्मरण गरे । भ्रमण वर्षको विशेष अवसरमा गौरादह क्षेत्रमा जोडी परेवा उडाएर शुभारम्भ गरिएको छ ।