
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
महासचिव वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे। ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे। महासचिव बैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दवाव दिए ।
महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। राष्ट्रियता र जनजीविकालाई थाती राखेर मुलुकमा समृद्धि ल्याउन नसकिने महासचिव वैद्यको भनाई छ ।