राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको नेता पौडेलको आरोप

काठमाडौं।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत यस्तो आरोप लगाउनु भएको हो । उहाँले जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्ययमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको उल्लेख गर्नु भएको छ ।

उहाँले सामाजिक संजालमा लेख्नुभएको छ, जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्तसना गर्दछु ।