टिपरले किचेर महिलाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि गोरखा अशान्त बनेको छ । दूध बिक्रीका लागि बजार हिँडिरहेकी महिलालाई टिपरले किच्दा घटनास्थलमै ज्यान गएको थियो । महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् ।

 

करिब पाँचसय बढी स्थानीयको सहभागीतामा भएको विरोधमा २६ वटा टिपर र स्काभेटरमा तोडफोड र आगजनी गरेका छन् । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

 

शुक्रबार बिहानै घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले किचेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।