देशभर १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

४३४२ जनामा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन ।

बिज्ञापन

मन्त्रालयका अनुसार अहिले देशभर १९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।