काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा सघीय समाजवादी फोरम पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवासको जग्गा छानबिनमा अख्तियारको अनुसन्धान र मुद्दा दायरमा त्रुटि देखिएको टिप्पणी गर्नुभएकाे छ ।

 

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले अख्तियारको सक्रियता स्वागतयोग्य भए पनि प्रथम दृष्टिमा त्रुटि र अपूर्ण रहेको टिप्पणी गर्नुभएकाे हाे । दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने हुन नहुने भन्दै भट्टराईले गतल गर्नेलाई सत्ताको छहारी र परिबन्दमा पर्ने फस्न नहुने भट्टराईको भनाइ छ ।

 

हिन्दू धर्मशास्त्रमा वर्णन गरिएजस्तो आफू पनि कालकुट विष पिएर शिवजी जस्तै निलकण्ठ बन्न तयार रहेको पनि भट्टराईले उल्लेख गर्नुभएकाे छ ।