
एजेन्सी । नेदरल्याण्डका एक डाक्टरले गरेको गैर कानुनी घटना बाहिरीएको छ । डाक्टरले आफ्नो क्लिनीकमा सन्तानका लागि डोनेट (दान) गरेका स्पर्महरु फालेर आफ्नो स्पर्म राखि ४९ बच्चाको बुबा बनेको घटना सार्वजनीक भएको हो ।

नेदरल्याण्डको निजमेगन शहरमा गत शुक्रबार सो क्लिनीकको नेतृत्व गर्ने एक संस्थाले डीएनए टेस्ट गरेपछि यो घटना सार्वजनिक भएको हो । यो घटनाका डाक्टर जन कारबातको सन २०१७ मा ८९ वर्षको उमेरमा निधन भइसकेको छ । उनको क्लिनीकलाई विभिन्न रुपमा गैर कानुनीकाम गरेको भन्दै सन् २००९ मै बन्द गरिएको थियो ।
डाक्टर कारबातले भने आफ्नो मृत्यु अगाडि नै एक बयानका क्रममा आफु ६० बच्चाको पिता भइसकेको बताएका थिए । उनले आफुले स्पर्म बदलेर आफ्नो स्पर्म राखेको कुरा समेत भनेका थिए । तर त्यतीबेला कसैले ध्यान नदिएको बताइएको छ ।

नेदरल्याण्डको डच अदालतले सो क्लिनीकमा आईभिएफ (इन भिट्रो फ्रर्टिलाईजेसन)प्रकिृयाबाट जन्मेका बच्चाहरु र ती डाक्टरको डीएनए टेस्ट गर्न अनुमती दिएको थियो । त्यसपछि यो घटना सत्य भएको पुष्टि भएको हो । तर एक अनलाई समाचार ऐजेन्सीले यी डाक्टरले २०० परिवारले दिएको स्पर्महरु बदलेकोसमेत जनाएको छ ।

कारबातका बच्चा मध्येका एक एरिक लेवर नाम गरेका युवकले आफ्ना पिता असक्षमहुँदा आमालाई डाक्टरले धोका दिएको भन्दै दुख व्यत्त गरेका छन् ।