बलात्कार प्रयास असफल भएपछि हत्या प्रयास

सर्लाही पर्सा गाउँपालिका– ५ की एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयासको प्रतिकार गर्न खोज्दा घाँटी रेटेर हत्याको प्रयास गर्न खोजेको खुलेको छ । बलात्कार गर्न खोज्दा त्यसको प्रतिकार गर्न खोज्दा भारतीय युवकले उनलाई घाटी रेटेर हत्याकोे प्रयास गरेको खुलेको हो ।

पीडित बालिकाका परिवारले पीडित बालिकामाथि शुक्रबार दिउँसो खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेको बताए । बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको खुलेको छ ।

तर सोही अवस्थामा मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले देखी बालिकाको हत्या हुनबाट बताइएको छ । ती युवकले युवकको पासबाट ती बालिकालाई हत्याबाट बचाइ हस्पिटल पुर्‍याएका थिए । हाल बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाइएको छ ।

बलात्कार प्रयास गरी बालिका हत्या गर्न खोज्ने भारतीय युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

घाँस काटिरहँदा ती युवक साइकलमा उनको नजिकै आइ आफ्नो बारे सबै जानकारी लिएको पीडित बालिकाले बयान दिएकी छिन् ।