`पहिलो पाईला नेपाल´ बिराटनगर शाखाको दोश्रो वार्षिकोत्सब कार्यक्रम सम्पन्न


बिराटनगरमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको `पहिलो पाईला नेपाल´ बिराटनगर शाखाले आफ्नो दोश्रो वार्षिक उत्सव मनाएको छ।

 

२०७४ साल बैशाख १ गते स्थापन भएको संस्थाले बिराटनगर लगायत देशका विभिन्न स्थानमा आपतकालीन अवस्थामा स्वयंसेवकका रुपमा काम गर्दै आएको छ।

 

बार्षिक उत्सवका अवसरमा गत बैशाख १ गते बिराटनगरमा भएको कार्यक्रममा पहिलो पाईला नेपालकी संस्थापक केन्द्रिय अध्यक्ष प्रतिभा जिसिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाले एक बर्षमा गरेका कार्यहरुको समिक्षा साथै प्रतिबेदन प्रस्तुत गरेको थियो। कार्यक्रममा संस्थामा रहेर उत्कृष्ट काॠ गर्ने तीन जनालाई विभिन्न बिधामा सम्मान गरिएको थियोे।

 

सम्मान हुनेमा मनसुन भुजेल बेस्ट पर्फमेन्स अवार्ड, जेनिश दाहाल बेस्ट एक्टिभिटी अवार्ड र गित गौतमलाई बेस्ट रेगुलारिटी अवार्डद्वारा सम्मान गरिएको थियो।

 

कार्यक्रममा विशिष्ट अतिथी बिराटनगर जेसिजका उपाध्यक्ष अभिनाश थापाको उपस्थित रहेको थियो।