
पाल्पा । तानसेन नगरपालिका ८ मदनपोखराबाट विप्लव नेतृत्वको नेकपा जिल्ला सदस्य एवं अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन् ।

बिहीबार पक्राउ परेका बस्याललाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल जानकारी दिएका छन् ।
बस्यालमाथि कुन कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।