
अमेरिकाको बजेट घाटा अहिलेसम्मके सर्वाधिक बढी देखिएको त्यहाँको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ ।
फेब्रुअरी महिनामा अमेरिकाको बजेट घाटा २ खर्ब ३४ अर्ब अमेरिकी डलर बराबर रहेको जनाइएको छ । यस अधारमा अमेरिकाको समग्र घाटा गत वर्षको तुलनामा ३९ प्रतिशतले बढेको छ ।
सन् २०१२ मा अमेरिकाको फेब्रुअरीमा देखिएको रेकर्ड बजेट घाटा २ खर्ब ३२ अर्ब अमेरिकी डलरलाई उछिनेको छ ।
यो बजेट वर्षमा कर्पोरेट कर २३ प्रतिशतले घटेको छ । यसैगरी व्यक्तिगत र सामाजिक सुरक्षा कर १ प्रतिशतले घटेको छ ।