कोरोना फैलने डरका तनावपछि झडप हुँदा कोलम्बियामा २३ को ज्यान गयो

काठमाण्डौ – कोलम्बियाको राजधानी बोगोटामा रहेको एउटा जेलमा कोरोना भाइरस फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

 

बोगोटाको सबैभन्दा ठूलो मध्येको एक ला मोडेलो जेलमा कोरोनाको संक्रमण फैलिने डरले कैदीहरु भाग्ने प्रयास गरेका थिए ।

 

कैदी भाग्ने क्रममा भएको झडपमा २३ जनाको ज्यान जानुको साथै ८३ जना घाइते भएका बीबीसीले जनाएको छ ।