
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन’लाई अझै कडाइ गर्न निर्देशन दिनुभएको छ ।
उहाँले जोखिम बढ्दै गएकाले हिँडेरै गाउँघर जान लागेकालाई त्यहीँ रोकेर खानेबस्ने व्यवस्था मिलाउन तथा यस्तो महामारीको बेला उदारता नदेखाउन पनि निर्देशन दिनुभएको छ । बैठकमा मन्त्रीसहित सुरक्षा निकायका सबै प्रमुखहरुको सहभागित थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा कोरोना भाइरस सङ्क्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको जानकारी दिनुभयो ।