शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन् । मिडियामा ‘अनावश्यक बोलेको’ भन्दै मन्त्रालयले गत शुक्रबार पत्र काटेपछि उनी स्पष्टीकरण दिन आइतबार मन्त्रालय पुगेका हुन् ।
पत्रमा मन्त्रालयमा हाजिर हुन भनिएकाले आफू मन्त्रालय आएको डा. पुनले बताए ।
कोरोना भाइरस (कोभिड–१९)को उपचारमा खटिएका चिकित्सकहरूको मनोबल गिर्ने गरी डा. पुनलाई स्पष्टीकरण सोधिएको भन्दै धेरैले सरकारको आलोचना गरेका छन् ।