
दमक/ प्रदेश १ सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्बो प्रदेश १ अझ पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताएकाछन् ।
उनले लकडाउनलाइ प्रभाबकारी र ब्यबस्थित बनाउनुको अर्को बिकल्प नरहेको भन्दै यस्तो बताएकाहुन् ।
न्यून आय भएकाहरूलाई स्थानिय तह मार्फत एकद्वार प्रणालीबाट राहत उपल्ब्ध तिब्रताका साथ भैरहेको भन्दै राहत बितरणमा केही सिमाहरु सच्च्याउदै कसैलाइ पनि खाध्यन्नको अभाब र भोको रहन नदिने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ।
घर फर्कन चाहने नागरिकको निम्ति पनि सवारी साधनको ब्यबस्था र क्वारेन्टाइनको ब्यबस्थापन गरिएको छ, उनले भनेकाछन् ।
अर्थतन्त्रलाई जिबित र गतिशिल राख्न राहतलाइ दिगो र ब्यबस्थित बनाउन केही आधारभुत क्षेत्रमा श्रमलाइ उत्पादन सङ्ग जोड्ने प्रकृया अगाडि बढाइसकिएको पनि उनले स्पष्ट पारेकाछन्।
उनले आज विहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर यस्तो जनाएकाहुन् । यस्तो छ उनको स्टाटस-
अझ पनि हामी कोरोना संक्रमणको उच्च जोखिममा नै छौ,लकडाउनलाइ प्रभाबकारी र ब्यबस्थित बनाउनुको अर्को बिकल्प छैन।न्यून आय भएकाहरूलाई स्थानिय तह मार्फत एकद्वार प्रणालीबाट राहत उपल्ब्ध तिब्रताका साथ भैरहेको छ राहत बितरणमा केही सिमाहरु सच्च्याउदै कसैलाइ पनि खाध्यन्नको अभाब र भोको रहन नदिने कुरामा सरकार प्रतिबद्ध छ।घर फर्कन चाहने नागरिकको निम्ति पनि सवारी साधनको ब्यबस्था र क्वारेन्टाइनको ब्यबस्थापन गरिएको छ।अर्थतन्त्रलाई जिबित र गतिशिल राख्न राहतलाइ दिगो र ब्यबस्थित बनाउन केही आधारभुत क्षेत्रमा श्रमलाइ उत्पादन सङ्ग जोड्ने प्रकृया अगाडि बढाइसकिएको छ। अन्तत एकतबद्द भएर लकडाउनलाइ प्रभाबकारी बनाउ कोरोनामाथी बिजय हासिल गर्न सकिन्छ अर्थतन्त्रलाई गतिशिल बनाउन सकिन्छ।