‘लकडाउन’बारे निर्णय भएन, अर्को बैठकले टुंगो लगाउने

सरकारले तेस्रो पटक थपेको ‘लकडाउन’को अवधि सोमबार सकिँदैछ ।

 

लकडाउन थप्ने या खुलाउनेबारे शुक्रबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अनुमान थियो । तर लकडाउनको बारेमा शुक्रबारको बैठकमा खास छलफल नभएको उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

 

लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा शनिबार या आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।

 

केही ठाउँमा कोरोनाको जोखिम कम देखिएकाले खुकुलो पार्ने र सङ्क्रमण देखिएका र जोखिम रहेका ठाउँमा थप कडाइ गर्ने सरकारको तयारी रहेको छ ।