कलंकीमा कर्णेलको कारकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कलंकीको रविभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

 

कलंकी प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको ज्यान गएको हो । गेलालको नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार कलंकीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा सवार बा२१च ४३४७ नम्बरको कारमा बा७२प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

 

कालीमाटीबाट तीव्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा कारसँग ठोक्किन पुगेको थियो ।

 

मोटरसाइकललाई ठक्कर दिने कार चालक जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।