सम्पर्कमा नरहेका १३ प्रहरीलाई स्पष्टीकरणसहित हाजिर हुन आग्रह

काठमाडौँ – कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीलाई नेपाल प्रहरीले सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर सम्पर्कमा आउन भनिएको हो ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । आफूखुशी सम्पर्क बाहिर रहेका हबल्दारहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर हुन् ।

सिंह मंसिर १९ गते र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।सम्पर्कमा नरहेका प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी हुन् ।

हप्तादिन भित्रसम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।