
कपिलवस्तु : कपिलवस्तु जिल्लामा तीन वटै सुरक्षा अंगका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
कृष्णनगर सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीका नायब निरीक्षक र राष्ट्रिय अनुसन्धानका असईलाई संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पुष्टि गरेका छन् ।
त्यस्तै अन्य संक्रमित ५ जना रहेका छन् । यहाँ एकै दिन ९ जना संक्रमित पुरुष थपिएका छन् ।
कृष्णननगर नगरपालिकाको महेन्द्र माविमा क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण देखिएको हो । उक्त नगरपालिकामा पहिलो पटक संक्रमण देखिएको हो ।