गौरादहका क्वारेन्टाइनमा बसेकाहरु भोक हडतालमा

झापा । झापाको गौरादह नगरपालिकाको वार्ड नम्बर १ स्थित जनता माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा १९ जना मध्ये एकजनामा कोरोना पुष्टि भएसंगै त्यहाँ रहेका अन्यले भोक हडताल शुरु गरेका छन् ।आफुहरुमा पनि कोरोना सर्ने उच्च जोखिम हुदाहुदै पनि त्यहाँ बस्न बाध्य पारिएको भन्दै भोक हडताल शुरु गरेका हुन् ।

 

उक्त क्वारेन्टाइनमा रहनु भएका रोवर्ट आचार्यले ओमकार टाईम्सका प्रतिनिधिसंग कुरा गर्दै भने ` हामी यहाँ बसेको १४ दिन भन्दा बढी भैसकेको छ ।हामीलाई अस्ति गरिएको स्वास्थ्य परिक्षणमा १९ जनामध्ये १ जनामा कोरोना पोजेटिभ देखिपनि हामी १८ जनालाई नेगेटिभ देखिएको छ।तर हामीलाई यही राखिने हो भने संक्रमितले प्रयोग गर्ने धारा, शौचालय आदीबाट हामीमा पनि सर्न सक्ने भएको हुदा हामीले होम क्वारेन्टाइनमा बस्न पाउने माग राखि भोक हडताल शुरु गरेका हौं । हिजोबाट हामीले खाना बहिस्कार गरेका छौं ।´

 

यस्तै सन्दर्भमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहलाई जिज्ञासा राख्दा ` त्यस्तो केही हैन म आफै त्याहाँ गएर सम्झाई बुझाई उहाँहरुलाई खाना ख्वाएर आएको छु ।´ स्वास्थ रिपोर्ट नेगेटिभ आएकाहरुलाई घरमै क्वारेन्टाइनमा राख्नुपर्ने हैन भन्ने ओमकार टाईम्सको प्रश्नमा शाहले भने ` त्यो हामीले गर्ने हैन सीडीओ साहेबले गर्ने हो तपाईं स्वास्थ्य शाखाको कर्मचारीलाई सम्पर्क गर्नुस् ´

 

नेपाल पनि दिनदैन कोरोनाको दलदलमा फस्दै गएको अबस्थामा मेयर जस्तो नगरपालिकाको उच्च ओहदाको निर्वाचित जनप्रतिनिधिले यस्तो गम्भीर बिषयमा स्वास्थ्य शाखाको कर्मचारीलाई देखाएर उन्मुक्ति पाउलान् नपाउलान् त्यो सोचनिय बिषय हो तर यसै सन्दर्भमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईलाई सम्पर्क गर्दा आफू व्यस्त भएको भन्दै उनी समेत पन्छिए ।

 

कोरोना जस्तो बिश्वलाई ध्वस्त पर्दैगरेको अहिलेको अति संबेदनसिल बिषयमा सम्बन्धित निकाय यसरी गैरजिम्मेवार ढंगबाट प्रस्तुत हुनु आफैंमा निन्दनीय त छदैछ । क्वारेन्टाइनको नाममा सबैलाई संयुक्तरुपमा राखेर संक्रमित नभएकाहरुलाई पनि संक्रमित बनाउने अति हानिकारक खेल बन्द नहुनु आफैंमा गम्भीर बिषय रहेको छ ।