
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ।

बिज्ञापन




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो ।
नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।
बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १८७ जना डिस्चार्ज भएका छन् ।