
झापा । गौरादह नगरपालिका १ र २ नम्बर वडामा पर्ने बजारबाट किश्ने खोला जाने बाटोमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साह र वार्ड नम्वर १ का वडा सदस्य कोमल ढुंगानाको घर बाटोमा पर्ने देखिएपछि रातारात सहरी बिकासले बनाएको ढल पुरेर विपन्न आवासको बजेट ल्याएर डिभाइडर बनाएर आफ्नो घर बचाएको समाचार ओमकार टाईम्स अनलाइनमा प्रकाशित भएपछि सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाई अनुसन्धान गर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख पुरुषोत्तम ढकालले ओमकार टाईम्ससंग कुरा गर्दै यो अत्यन्त गम्भीर बिषय भएको कारणले यस बिषयमा अनुसंधान हुने जानकारी गराउनु भयो ।यसरी ऐन मिचेर जनप्रतिनिधिले नै यस्तो कार्य गर्नु गलत भएको ढकालको ठहर छ ।
`यसरी ओभर ल्यापिङ्ग गरेर काम गर्न मिल्दै मिल्दैन , यो कुरा नगरपालिकालाई थाहा छ कि छैन ? सडक बिभगले गरिरहेको काममा नगरपालिकाले हस्तक्षेप गरेर जथाभावी निर्माण गर्न मिल्दैन ।अन्य विकल्प ननिकाली यसरी ढल पुर्नु झन गैरकानुनी हो , हामी यो बिषयमा चाडैं अनुसंधान थाल्छौं ।´ ओमकार टाईम्ससंग कुरा गर्दै ढकालले भने ।
यसरी ऐन कानुनको बिरुद्धमा गएर जनप्रतिनिधिहरु ले नै आफ्नो व्यक्तिगत सम्पत्ति जोगाउन पदको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्ति ध्वस्त पार्दासम्म राजनैतिक दलका स्थानीय प्रतिनिधिहरु मौन हुनु आफैंमा आश्चर्यजनक शंकास्पद देखिन्छ ।