
झापा : झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीका ४६ वर्षीय लालबहादुर गुरुङको खुकुरी प्रहारगरी बीभत्स हत्या भएको छ।

गुरुङलाई झापा र इलामको सीमा क्षेत्र रतुवा खोलाको झोलुङ्गे पुलमा आज अपराह्न साढे ४ बजे तिर धारिलो हतियार प्रहार गरिएको हो।
बिज्ञापन



खुट्टा र हातमा गहिरो चोट लागेको गुरुङको बिर्तामोड स्थित वीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी जनाएको छ।
