
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
महानिरीक्षक ठाकुर ज्ञवालीले भोलि बुधबारदेखि अवकाश पाउँदै छन् । त्यसपछि २८औँ महानिरीक्षकको रुपमा थापाले कार्यभार सम्हाल्ने छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्का एआइजी हरिबहादुर पाल पनि महानिरीक्षक पदको निकट थिए । तर थापाले बाजी मारेका छन् । थापाले २२ महिना प्रहरी संगठनको नेतृत्व गर्ने छन ।