
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् ।
प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।