गौरादहमा बोयर जातको भनेर लोकल जातको बाख्राको पाठी बितरण गरेको स्थानीयको आरोप

 

 

गौरादह नं. पा. वार्ड ७ को ग्वालडुब्बामा ४ लाख खर्च गरेर १३ मात्र वटा लोकल जातका पाठी वितरण गरेको पाइएको छ ।  स्थानीयलाई बोयर जातको पाठी बितरण गरिने भनिएतापनि लोकल जातको पाठी बितरण गरेको स्थानियको आरोप छ ।

 

 

स्थानीय आयमुलक उपभोक्ता समितिको अगुवाइमा वितरण गरिएको बोयर जातको पाठीको मुल्य प्रती गोटा १८ हजार परेको बताइएको छ । तर स्थानीयहरु उक्त पाठी बोयर जातको हुँदै नभएको र आफुहरुलाई झुक्याउने कार्य गरिएको भन्दै आक्रोसित भएका छन् ।  ४/५ हजार भन्दा पर्दै नपर्ने बाख्रालाई १८ हजार किन हालियो भन्नेमा स्थानीय  सशंकित छन् ।  सामान्य जातको बाख्रा ल्याएर  झुक्याउने कार्य गरेको उनीहरुको आरोप छ ।

 

 

उक्त पाठीहरुको मुल्य  ५ हजार भन्दा पर्दै नपर्ने ठोकुवा स्थानीयहरुको ठोकुवा छ । ४ लाख बजेट बाट प्रती गोटा १८ हजार मुल्य देखाइएकोमा अनियमितता भएको  आरोप लागेको हो ।

 

 

प्रतिगोटा १८ हजार मुल्य पर्दा पनि २ लाख ३४ हजार मात्र खर्च गरिएको छ, बाकी पैसा कता गयो, अहिलेसम्म हिसाब सार्वजनिक किन गरिएन भन्दै स्थानीयले आक्रोश पोख्न थालेका छन् । नक्कली जातको बाख्रा ल्याएर बोयर भन्दै झुक्याउने काम भएको मा पशु डाक्टर ले बाख्रा परिक्षण गराउनुपर्ने समेत स्थानीयहरुको माग छ ।

 

 

यसै सन्दर्भमा ओमकार टाइम्सले नगरपालिकाको उप मेयर गिता भेट्वालसंग जिज्ञासा राख्दा उनले आफुलाई थाहा नभएको र यस बिषयमा जानकारी लिने बताइन् ।` मलाई यो बिषयमा जानकारी छैन यदि त्यतै भएको हो भने म उपमेयर र अनुगमान समिति समेतमा भएको कारणले मैले पनि नैतिक जिम्मेवारी लिनुपर्छ । म बुझ्छु ।´ भेट्वालले भनिन् ।