
काठमाण्डौ । अभिनेत्री शिल्पा पोखरेलले पती तथा निर्माता छविराज ओझाविरूद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्।
उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार (आज) दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग विवाह गरेका थिए । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।
छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन ।