
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गरेका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको अभिव्यक्तितर्फ संकेत गर्दै भुराजनीतिक सँवेदनशीलता प्रति सचेत हुनुपर्ने बताएका छन् ।
नेता श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहलबाट मात्र सम्भव रहेको बताए । त्यस्तै उनले परराष्ट्र नीतिमा आधारित कुटनीतिले मात्र नेपालले भुराजनीतिक अवस्थितिको लाभ लिन सक्ने बताएका छन् ।
‘हाम्रो भुराजनीतिक सँवेदनशीलता प्रति हामी सचेत हुनैपर्छ । स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भुराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं’, उनले भनेका छन् ।
त्यस्तै नेता श्रेष्ठले नेपाल बाह्य शक्तिहरुको कृडास्थल बन्न सक्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्ने देखिएको बताएका छन् । पछिल्लो समय भारतविरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आइरहेका प्रधानमन्त्री ओलीले कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्ने नेता श्रेष्ठले जोड दिए ।
‘देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठुलो जोखिमको चुनौति छ’, उनले भने ।