
सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा करिब सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका नेता मनिष सुमनको भनाइ छ । गठबन्धनमा भएको सहमतिअनुसार क्षेत्र पाएका नेताहरु खुशी देखिन्छन् भने क्षेत्र नपाएकाहरु निराश देखिन्छन् ।
नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेशमा जितेको थियो । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुईटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ ।