
विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो ।
नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार भइरहेको थियो । श्वासप्रश्वासको समस्या लिएर ३ असोजमा अस्पतालमा भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना देखिएको थियो । नोबेलका अनुसार मृतक पुरुषमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या रहेको थियो ।