राजस्थानको तेस्रो जीत, हैदरावाद ५ विकेटले पराजित

आईपीएल/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जीत हात पारेको छ ।

युएईमा जारी १३ औं संस्करणको आईपीएल क्रिकेटमा राजस्थानले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट प्रदर्शन गरे । टेवाटिया ४५ रन र रियान ४२ रनमा अविजित रहे । लगातार विकेट गुमाएर संकटमा परेको राजस्थानका लागि टेवाटिया र रियानले छैटौं विकेटका लागि ८५ रनको साझेदारी गर्दै तेस्रो जीत दिलाए । ।

यस्तै सन्जु सामसनले २६, रोबिन उथप्पाले १८ र जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान डेभिड वार्नरले ४८ रन, जोनी बेयरस्टोले १६ रन बनाए भने केन विलियम्सन २२ रनमा अविजित रहँदा प्रियम गार्गले १५ रन जोडे ।

राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १–१ विकेट लिए । जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

हैदराबादले भने ७ खेलमध्ये चार खेलमा हार र ३ खेलमा जितसहित ६ अंक जो जोडेको छ ।