
नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी १२१० रुपैयाँमा कारोबार भएको थियो ।