सुनको भाउ आज चार सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।