
दलहरूबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागे पनि मुलुक निर्माणका लागि काम नलाग्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

एमाले पार्टी मुख्यालय ललितपुरमा सहकारी तथा गरीबी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन गरेर चुनाव जितिए पनि देश नबन्ने बताएका हुन् ।गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको कुरा हो, हाम्रै देशमा हेर्ने हो भने पनि एमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट हुने उनको भनाइ थियो ।
बिज्ञापन



