
डेमोक्र्याट जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्।
बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।
ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।
मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।