
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्यमा ७ सयले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
मंगलबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १५ रूपैयाँमा कारोबार भइरहको छ । यो मंगलबारको तुलनामा २० रूपैयाँ कम हो ।