अनलाइन काराेबार ह्याक गरेकाे अभियोगमा युवक पक्राउ

काठमाडौं । सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा सार्वजनिक गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहर”मा अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरू हुने गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

प्रहरीका अनुसार उनले निजी क्षेत्रको अनलाइन व्यापारको डाटा ब्रिच गरी डाटा सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद-९ बमोजिमको कसूर गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।