कांग्रेसको केन्द्रीय समिति बैठक सुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खरै सुरू भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेपछिको अवस्थाबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।