
आज पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी आज तोलाको १२ सय ३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।