सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु गएको छ । आइतबार राति बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको भने ठेगाना खुलेको छैन् ।

बिज्ञापन

दुर्घटनामा हेटौडाका २३ बर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार आइचर महादेव भिरबाट करिब ३ सय मिटर तल खसेको छ ।