
शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार शहिद दिवसको अवसर पारेर समाजले शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन् । सरकारको झुठविरूद्ध सहिदको सम्झनामा शालिकमुनी आन्दोलन गरेका हुन् । समाजले १८ गते सिफल र २० गते शोभा भगवतीमा प्रदर्शन गर्ने जनाएको छ ।