
विराटनगर । नेकपा ओली समुहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गर्ने घोषणा गरेका छन ।
विराटनगरमा शनिबार जारी सरकारी आमसभालाई सम्बोधन गर्दै नेम्वाङले अदालतले प्रधानमन्त्रीको पक्षमा फैसला गर्ने दाबी गरेका हुन । ” म त कानुनको विध्यार्थी बोल्न मिलेन” उनले भने ” तर, हाम्रा प्रधानमन्त्री अदालतले सदन विघटनको कदम सदर गर्ने कुरामा दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ । हामीलाई हाम्रो प्रधानमन्त्री ज्युप्रती अति धेरै विश्वास छ । त्यसैले अब देश चुनावमा गयो ।”
अदालतमा विचाराधीन मुद्दामा विपक्षीहरुले बोलेकोप्रति असन्तोष प्रकट गरेका उनले प्रधानमन्त्रीले निरन्तर सर्वोच्चलाई दबाब दिइरहेको बारे भने सही थापे । उनले भने ” मैले त यो बारेमा बोल्न मिल्दैन । तर, प्रधानमन्त्रीज्युले भनिरहनु भएको छ , प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार छ भनिरहनुभएको छ ।”