हेटौंडामा एक पुरुष मृतावस्थामा फेला

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, हटियामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव सोही वडाको गुरुद्वारा बस्ने रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले बताए ।

आफ्नै घरबाट पूर्वतर्फ ५० मिटर टाढा रहेको बकाइनोको रुखमा झुण्डिएको अवस्थामा बलामीको शव फेला परेको प्रहरी निरीक्षक गजमेरले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।