
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला नेपालले भने विकासमा फड्को मारेको बताएका छन् ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटनमा बोल्दै ओलीले कोभिड महामारीकाबीच पनि नेपालमा विकासका कामहरू सफलता पूर्वक भइरहेको बताएका हुन् ।उनले भने– ‘हामी विकासमा अघि बढिरहेका छौं । त्योपनि सफलता पूर्वक ।’