तेलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरण अनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूची आइतबार मध्यराति १२ बजेदेखि लागू भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमको आइतबारको निर्णय अनुसार नै मूल्यवृद्धि गरिएको हो ।