घरको छतबाट खसेर एकजनाको मृत्यु

जिल्लाको भक्तपुर नगरपालिका-८ लिवालीमा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार साँझ ७:१५ आफ्नै घरको छतबाट खसेर ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो ।छतबाट खसेर गम्भीर घाइते कुसाथालाई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।उनका अनुसार उपचारकै क्रममा सोमबार राति कुसाथाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

बिज्ञापन