
बुटवल । गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको पूर्वी कालीगण्डकी गाउँपालिका २ अर्बेनीकी ३४ वर्षीया सरस्वती न्यौपानेको घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरी निरीक्षक रविन्द्र खड्का अनुसार आफ्नै खरबारीमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको हो । न्यौपानेको शवलाई रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आज साँझ नै आफन्तको जिम्मा लगाइएको छ ।