इलाका प्रशासन कार्यालय उर्लाबारीका उप-सचिव विभूषित

दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित गर्नुभएको हो । विभूषित भएसँगै राज्यका लागि २० वर्षदेखि निरन्तर इमान्दारीपूर्वक काम गर्दै आएको र अहिले सम्मानित हुँदा गौरव महसुस भएको पोखरेलले प्रतिक्रिया दिनुभयो ।

उहाँले जिल्ला विकास समिति चितवन, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ग, मालपोत कार्यालय सुनसरी, कारागार कार्यालय पर्सा लगायतका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाली सक्नु भएको छ । पोखरेल सम्मानित भएसँगै इलाका प्रशासन कार्यालयका कर्मचारीमा खुशीयाली छाएको छ ।

सो कार्यालयका नायब सुब्बा सुरेन्द्रराज दाहालले आफ्नो कार्यालयका प्रमुख राष्ट्रपतिबाट सम्मानित भएकोमा आँफूहरुको शीर उच्चो भएको प्रतिक्रिया दिनुभयो । उहाँले यस्तो सम्मानले अन्य राष्ट्रसेवक कर्मचारीको मनोबल बढ्ने पनि बताउनुभयो ।