भारतको आरोपः चीनको नौसेना हिन्द महासागरमा एक दशकदेखि घुसिरहेको छ

भारतले चीनको नासेना हिन्द महासागरमा पछिल्लो एक दशकदेखि लगातार घुसिरहेको आरोप लगाएको छ ।

भारतको नौसेना प्रमुख एडमिरल करमबीर सिंहले बुधबार भारतले पछिल्लो एक दशकमा हिन्द महासागरमा चीनको नौसेनाको नियमित उपस्थिति देखेको बताएका छन् ।

रिपोर्ट अनुसार एडमिरल सिंहले भने, ‘जहाँसम्म हिन्द महासागरमा चीनको नौसेनाको प्रश्न छ, हामीले एक दशकभन्दा बढी समयदेखि उनीहरुको लगातार उपस्थिति देखेका छौं ।’

उनले थपे, ‘चीन आफ्नो ऊर्जा, बजार र संसाधनका लागि पश्चिमतर्फ हेर्ने गर्छ । यस्तोमा यदि उनीहरु चाँडै नै हिन्द महासागर क्षेत्रमा देखिन्छन् भने यो अचम्मको कुरा हुनेछैन किनभने जहाँ व्यापार हुन्छ त्यहाँ नौसेना पनि हुन्छन् । ’

चीनले तेस्रो युद्धपोतको विकास गरिरहेको छ । यसबारे एडमिरल सिंहले भने, ‘भारत चीनको नौसेनको विकासको रफ्तारमा चकित छैन किनभने उनीहरुसँग उद्देश्य र साधन छ । ’

चीनको नौसेनाको क्षमतामा एडमिरल सिंहले भने, ‘चीनको उद्देश्य स्पष्ट छ । उसले अमेरिकासँग भएको जस्तै क्षमता हासिल गर्न चाहन्छ ।’

अमेरिकी नौसेनासँग प्रथम विश्वयुद्ध ताकाकै युद्धपोत छन् । भारत पनि पछिल्लो आठ वर्षदेखि युद्धपोतको सञ्चालन गर्दै आएको छ । यस्तै एडमिरल सिंहले चीन यो दिशामा निकै तीब्र गतिमा अघि बढिरहेको बताएको छ ।